+
+

‘कश्मीर फाइल्स’का निर्देशकलाई ‘वाई’ श्रेणीको सुरक्षा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १३:१३
भारतीय गृहमन्त्री अमित शाह, निर्देशक विवेक अग्निहोत्रीलगायत

४ चैत, काठमाडौं । अहिले चर्चामा रहेको बलिउड फिल्म ‘कश्मीर फाइल्स’का निर्देशक विवेक अग्निहोत्रीलाई ‘वाई’ श्रेणीको सुरक्षा दिने भारत सरकारले निर्णय गरेको छ ।

समाचार संस्था एनएनआईका अनुसार फिल्म रिलिजपछि बढेको सुरक्षा खतरालाई मध्यनजर गर्दै अग्निहोत्रीलाई सुरक्षा व्यवस्था गरिएको हो ।

अनुपम खेरसहितका अन्य कलाकारलाई पनि सुरक्षा बढाइएको जनाइएको छ । निर्देशक अग्निहोत्रीलाई दिइने भनिएको ८ जना सुरक्षा अधिकृतको टोलीमा दुईजना कमाण्डो र प्रहरी जवानहरु हुनेछन् । यो सुरक्षा खर्च महिनामा ११ लाख भारु बराबरको हुने जनाइएको छ ।

समाचार अनुसार स्पेसल कमाण्डोले भारतभर निर्देशक अग्निहोत्रीलाई सुरक्षा दिनेछन् । गत साता रिलिज भएको यो फिल्मलाई लिएर भारतीय राजनीति समेत तरंगित बनेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीसहित सत्तारुढ बीजेपी सरकारका मन्त्रीहरुले फिल्मलाई हेर्न नागरिकलाई सार्वजनिक रुपमै अपील गरेका छन् । सन् १९९० मा कश्मीरबाट लखेटिएका हिन्दूहरुको कथा पेस गर्ने फिल्म शुक्रबारदेखि नेपालमा पनि रिलिज भएको छ ।

यसअघि भारत सरकारले अभिनेत्री कंगना रनावतलाई पनि वाई श्रेणीको सुरक्षा प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?