+
+

बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १३:५६

४ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार व्याजदर निर्धारणका लागि आफूले पहल थालिरहेको बताए । ‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायी अनुकुल हुनुपर्छ भनेर छलफल थालेको छु’ उनले भने ।

आफूले राष्ट्र बैंकसमक्ष उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्न नहुने सुझाव दिएको समेत उनले बताए ।

चाँडै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यमार्गी बाटो अपनाई समस्या समाधान गर्ने विश्वास समेत उनले दिलाए । अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य श्रृंखलाका कारण मुलुकको शोधनान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको भन्दै उनले यस स्थितिमा भने क्रमशः सुधार आइरहेको बताए ।

‘शोधनान्तर स्थितिमा सुधार हुँदैछ । हामी तरलता समस्या समाधान गर्ने दिशामा पनि अघि बढेका छौं’ उनले भने । ४७ वस्तुको आयातमा मार्जिन लगाएपछि कूल आयात घट्न थालेको र यसले अर्थतन्त्रमा सुधार आउने उनको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?