+
+

स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते २०:२६

४ चैत, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ताका लागि दुई दिन तोकेको छ । आयोगको शुक्रबार बसेको बैठकले वैशाख ११ र १२ गते उम्मेदवारी दर्तागर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको छ ।

स्थानीय तहमा धेरै संख्यामा उम्मेदवारी दिने भएकाले भीडभाड नहोस् भन्नका लागि दुई दिनको समय उपलब्ध गराउने निर्णय गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए ।

उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीहरुले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन आचार संहितामा गरिएको छ ।

निर्वाचन कार्यक्रम अनुसार १२ गते उम्मेदवारहरुको नामावलीको सूचि प्रकाशित हुनेछ भने १३ गते दावी विरोधको समय निर्धारण गरिएको छ । १४ र १५ गते त्यो दावीविरोध उपर निर्वाचन अधिकृतको कार्यालयमा जाँचबुझ गर्नेछ भने १६ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुनेछ ।

१७ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

त्यसपछि निर्वाचन प्रचारप्रसारको काम उम्मेदवारहरुले सुरु गर्ने समय निर्धारण गरिएको आयोगका प्रवक्ता पौडेलले बताए । अर्थात उम्मेदवारले औपचारिक रुपमा निर्वाचन प्रचारका लागि ११ दिनको समय पाउने छन् । किनकी ३० गते मतदान हुने भएपनि मौन अवधि २७ गते मध्य रातिबाट लागू हुनेछ ।

राजनीतिक दल र सरोकारवाला निकायहरुको परामर्शमै उम्मेदवार बन्न स्थानीय जनप्रतिनिधिबाट राजीनामा दिनुपर्ने प्रावधान राखिएको आयोगका प्रवक्ता पौडेलले बताए । थानीय तहमा बहालवाला पदाधिकारीहरुले पदीय हैसियत दूरुपयोग गरेर निर्वाचनलाई प्रभावित नपारुन् भन्नका लागि पनि यो प्रावधान राख्नु परेको उनको थर्क छ ।

प्रवक्ता पौडेल भन्छन्, ‘ पदाधिकारी कायम रहेका व्यक्ति उम्मेदवार हुँदा पदीय हैसियत प्रयोग गरेर निर्वाचन प्रभावित हुन्छ कि भन्ने आंकलन गरेर यो व्यवस्था गरिएको हो । उम्मेदवार हुने सबैलाई इक्वेल फिल्ड उपलब्ध गराउने यसको उद्देश्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?