+
+

नयाँ खिम्ती सबस्टेसनको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ५ गते ८:५४

५ चैत, काठमाडौं । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको आज उद्घाटन हुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोलखा पुगेर यो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

माथिल्लो तामाकोशी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानकुमार श्रेष्ठका अनुसार २२०/१३२ केभीको नयाँ खिम्ती सबस्टेसन नेपालको केन्द्रीय विद्युत प्रणालीमा जोडिएको अहिलेसम्मको दोश्रो ठूलो सबस्टेसन हो ।

सबस्टेसनमार्फत ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित ५२.४ मेगावाटको लिखु-४ र २४.२ मेगावाटको लिखु ‘ए’ आयोजनाहरुको विद्युत प्रणालीमा जोडिएको छ ।

उत्पादन सुरु भएदेखि माथिल्लो तामाकोशीबाट फागुन मसान्तसम्म ९६ करोड ९० लाख युनिट विद्युत् यही सबस्टेसन भएर प्रवाह भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?