+
+
Shares

श्रीलंकामा कागज र मसी आयात हुन नसक्दा परीक्षा स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १२:४८

६ चैत, काठमाडौं । विदेशी मुद्राको अभावका कारण गम्भीर आर्थिक संकट झेलेको श्रीलंकामा कागज र मसी आयात गर्न नसकिएपछि पश्चिमी प्रान्तका विद्यालयमा परीक्षा स्थगित गरिएको छ ।

डलरको अभावमा प्रिन्टिङ पेपर र मसी आयात गर्न नसकिएपछि पश्चिमी प्रान्तका विद्यालयमा परीक्षा स्थगित गरिएको श्रीलंकाका अधिकारीले बताएका हुन् । अधिकारीहरूका अनुसार सोमबारदेखि सुरु हुने ९, १० र ११ कक्षाको परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

‘प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्ने विदेशी मुद्रा नपाउँदा विद्यालयका प्राध्यापकले परीक्षा सञ्चालन गर्न नसक्ने भएका छन्, पश्चिमी प्रान्तको शिक्षा विभागले भनेको छ ।

सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेको श्रीलंकामा त्यसयताकै खराब आर्थिक संकट देखिएको छ । त्यहाँ विदेशी मुद्राको अभावबाट सिर्जित आर्थिक संकटका कारण खाद्यान्न, इन्धन र औषधिको अभाव समेत देखिन थालेको छ ।

संकट गहिरिँदै गएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार अन्तर्राष्ट्रिय मुद्रा कोषलाई आर्थिक सहायताका लागि अनुरोध गरिसकेका छन् । उक्त अनुरोधबारे छलफल भइरहेको कोषले जनाएको छ ।

यसैबीच, भारतले एक अर्ब डलर ऋण दिने भएको छ । अधिकारीका अनुसार अर्थमन्त्री बसिल राजापाक्षेले नयाँ दिल्लीको भ्रमण गरेपछि भारतले सहयोग गर्ने बाचा गरेको हो ।

श्रीलंकाले यो वर्ष मात्रै ६.९ अर्ब डलर ऋण तिर्नु पर्ने स्थिति छ । तर सरकारी ढुकुटीमा फेब्रुअरीको अन्त्यसम्म केबल २.३ अर्ब डलर विदेशी मुद्रा मात्रै बाँकी छ ।

श्रीलंका सरकारले उसको मुख्य ऋणदाता चीनलाई ऋण भुक्तानीका लागि सहयोग गर्न अनुरोध गरिसकेको छ । तर चीनले हालसम्म कुनै जवाफ दिएको छैन । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?