+
+

खनालप्रति ओलीको टिप्पणी : एमालेको भोटले जित्ने, एमालेकै बाकस खाली गर्छु भन्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १५:३४

६ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालप्रति कटाक्ष गरेका छन् ।

आइतबार इलामको फिक्कलमा आयोजित कार्यक्रममा उनले एमालेले लगाइदिएको जुँगाको ताउ लगाएर हिँडेको भन्दै खनालप्रति कटाक्ष गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले आउँदो चुनावमा ओलीको बाकस खाली हुने बताएका थिए ।

खनालकै निर्वाचन क्षेत्रमा पुगेर ओलीले त्यसको जवाफमा भने, ‘नेकपा एमालेले लगाइदिएको जुँगामा ताउ लगाउने अहिले अनि एमालेको बाकस खाली हुन्छ भन्ने ? बाकस कसको खाली हुन्छ म भन्दिन तपाईहरुले जवाफ दिनुपर्छ आउँदो वैशाख ३० गते’ उनले भने ।

एमालेका कार्यकर्ताको बलमा चुनाव जितेकाहरु राजीनामा दिनुको सट्टा एमालेविरुद्ध नै लागेको ओलीले टिप्पणी गरे ।

‘हेर्नुस् त एमालेका कार्यकर्ताले खियाएका जुत्ता चप्पलको मूल्य, बगाएको पसिनाको मूल्य, छोडेका कामको मूल्य, रोजगारीमा नगएर अन्तरे जन्तरेलाई भोट हाल्दा खर्चिएको समय कार्यकर्ताको मेहनत त्यो कुरा सबै बिर्सिएर त्यसको भत्ता खाइराखेर र राजीनामा गर्नुपर्दैन कमसेकम त्यसबट अलग हुनुपर्दैन ?’ ओलीले प्रश्न गरे ।

उनले अघि भने, ‘एमालेले लगाइदिएको एमपीको सांसदको फुली बोकेर मेयरको फुली बोकेर, एमालेलाई फिर्ता गर्नुपर्दैन ? विचार गर्नुस् त कति साह्रो लाजमर्नु ? कमसेकम नेकपा एमालेले टाँसिदिएको जुँगा खौरेर छोड्नुपर्छ नि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?