+
+

नारायणी नदी सरसफाइमा सहभागी भए राजेश हमाल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते ११:२६

काठमाडौं । अभिनेता राजेश हमाल नारायणी नदीको सरसफाइमा सहभागी भएका छन् । सोमबार नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारमा पुगेर उनले फोहोरमैला संकलन गरे ।

हमालले बिहान दुई घण्टासम्म प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरे । हमाललाई सरसफाइमा स्थानीयले पनि साथ दिए ।

स्थानीय सिसबार चितवन टाइगर रिसोर्टले नदी सरसफाइ कार्यक्रम आयोजना गरेको थियो । केही समयअघि सोही ठाउँमा घुम्न आउँदा निकै फोहोर देखेपछि स्थानीयलाई लिएर आफू सरसफाइमा खटिएको हमालले बताए ।

‘पर्यावरण संरक्षणमा पनि राम्रो सन्देश जाओस् भनेर सरसफाइमा लागेको हुँ,’ हमालले भने । साथै उनले स्थानीय व्यवस्थापन समितिलाई नदी किनारको नियमित सरसफाइमा जुट्न समेत आग्रह गरे ।

सानोमा राजेश हमाल हुर्किएको ठाउँ पनि यही हो । हमाल भन्छन्, ‘हामी यो ठाउँमा घुम्ने समयमा प्लास्टिकका वस्तु त्यस्तो धेरै हुँदैनथे । अहिले पानी, खाजा जे खाँदा पनि प्लास्टिक प्रयोग हुने भएकाले फोहोर पनि बढेको छ ।’

झण्डै एक घण्टा आफैंले सफारी गाडी चलाएर हमालले त्यस क्षेत्रको अवलोकन समेत गरेका थिए । अवलोकन गर्ने क्रममा गैंडा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?