 
																			७ चैत, बुटवल । बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याज दर अत्यधिक बृद्धि गरेको भन्दै उद्योग व्यापार संघ बुटवलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्याजदर वृद्धिले उद्योग– व्यवसायसँगै अर्थतन्त्रमा नकारात्मक असर परेकाले तत्काल ब्याजदर घटाउन संघले माग गरेको छ ।
संघका अध्यक्ष गोबिन्दराज गैरेले जारी गरेको विज्ञप्तिमा बैंकहरुले एकतर्फीरुपमा ब्याजदर बढाएको पत्र पठाउने र दबाब दिएर असुल्ने प्रवृत्तिले उद्योगमैत्री र लगानीमैत्री वातावरण बन्न नसकेको उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभाव देखाएर कर्जा लिंदा गरिएको सम्झौता लत्याएको तथा नेपाल राष्ट्र बैंकले तोकेको सीमा समेत नाघ्ने गरी हचुवाको भरमा मनोमानी ढंगले ब्याजदर वृद्धि गर्दा उद्योगी व्यवसायीहरु आर्थिक भार थेग्न नसक्ने अवस्थामा पुगेको जारी विज्ञप्तिमा उल्लेख छ ।
मनोमानीरुपले ब्याज दर वृद्धि गर्ने परिपाटीलाई नियन्त्रण गरी एकरुपता कायम गर्न ब्याजदर वृद्धिको निश्चित सीमा कायम गर्न र मूल्य वृद्धि समेत तत्काल घटाउन माग गरेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4