+
+

एथलेटिक्सकी पुष्पा भण्डारी बनिन् पर्फमर अफ द इअर

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १६:३३

८ चैत, काठमाडौं । म्याराथनको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण विजेता पुष्पा भण्डारी पर्फमर अफ द इअर बनेकी छिन् । उनले बजाज पल्सर स्पोर्टस अवार्ड–२०७७ मा पर्फमर अफ द इअरको अवार्ड जितेकी हुन् ।

वर्ष २०७७ मा बंगलादेशको ढाका म्याराथनमा पुष्पाले म्याराथनको उपाधि जितेर कीर्तिमान कायम गरेकी थिइन् । ढाका म्याराथनमा २ घण्टा ५९ मिनेट ५४ सेकेण्डको टाइमिङसहित उनले स्वर्ण जितेकी हुन् ।

सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुदमा २ घण्टा ५० मिनेट ११ सेकेण्डको राष्ट्रिय कीर्तिमानसहित रजत जितेकी पुष्पाले कोरोना महामारीको असर परेको वर्ष २०७७ मा अन्य तीन राष्ट्रिय हाफ म्याराथनमा पनि स्वर्ण जितेकी थिइन् ।

२०७७ मसिरमा नेपालगन्ज हाफ म्याराथन, फागुनमा प्रधानसेनापति हाफ म्याराथन र चैतमा किसुनजी स्मृति हाफ म्याराथनको उपाधि जितेकी थिइन् । सल्यानकी २६ वर्षीया पुष्पाले २०६८ को छैटौं राष्ट्रिय खेलकुददेखि राष्ट्रिय प्रतियोगिता खेल्न थालेकी हुन् । उनी लामो दूरीमा नेपालको उत्कृष्ट धावक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?