
८ चैत, काठमाडौं । रुसले युक्रेनमा हमला गरेपछि युरोपमा दोस्रो विश्वयुद्धपछिकै खराब शरणार्थी संकट देखिएको छ ।
शरणार्थीका लागि राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले युक्रेनमाथि भएको रुसी हमलाका कारण ३५ लाखभन्दा बढी मानिसले युक्रेन छाडेको जनाएको छ । यूएनएचसीआरका अनुसार युक्रेनबाट शरणार्थीको रुपमा पोल्याण्ड छिर्नेको संख्या मात्रै २१ लाखभन्दा बढी छ ।
त्यस्तै, युद्धबाट बच्न रोमानिया प्रवेश गर्ने युक्रेनीहरूको संख्या झण्डै साढे पाँच लाख रहेको छ ।
यता, देश छाडेर गणतन्त्र मोल्दोभा जाने युक्रेनीहरूको संख्या ३ लाख ६७ हजार ९१३ छ । युक्रेनी शरणार्थीको आश्रय स्थल बनेका अन्य मुलुकमा हंगेरी, स्लोभाकिया, रुस र बेलारुस छन् ।
यूएनएचसीआरले रुसमा शरण लिने युक्रेनीहरूको संख्या २ लाख ५२ हजार ३७६ रहेको बताएको छ । शरण दिने मुलुकको सहयोगमा युक्रेनी शरणार्थीलाई आवश्यक सहायता प्रदान गरिएको कार्यालयको भनाइ छ ।
राष्ट्रसंघ, गैर-सरकारी संस्था र अन्य सम्बन्धित निकायले मिलेर शरणार्थीलाई आपतकालीन सहायता प्रदान गरिरहेको पनि कार्यालयले जनाएको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4