+
+

ज्ञानेन्द्र र विनोद अटाएनन्, देव र आदिलको इन्ट्री

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १७:२१

८ चैत, काठमाडौं । ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी नेपाली क्रिकेट टिमबाट बाहिरिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार काठमाडौंमा हुने एकदिवसीय श्रृङ्खला र टी–२० ट्राइनेशन कपका लागि छुट्टा छुट्टै टोली घोषणा गरेको छ । मल्ल र भण्डारी दुबै टोलीमा परेनन् ।

दुबै टोलीको कप्तानी सन्दीप लामिछानेले गर्ने छन् । एकदिवसीय टोलीमा यू–१९ का देव खनालले स्थान बनाउन सफल भएका छन् । यस्तै टी–२० तर्फ यू–१९ कै आदिल अन्सारीले पहिलो पटक स्थान बनाएका छन् ।

आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमल सिंह ऐरी एकदिवसीय र टी–२० दुबै टोलीमा छन् ।

एकदिवसीय टोलीमा अनिल शाह, विक्रम शोब, सुशन भारी, रोहितकुमार पौडेल, पवन शरार्फ, देभ खनाल, गुल्सन झा र भीम सार्की छन् ।

यस्तै टी–२० टोलीमा करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलिप नाथ, लोकेश बम, सुशल मल्ल र आदिल अन्सारी छन् ।

नेपालले चैत ११ र १२ गते त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पपुवा न्यूगिनीसँग एकदिवसीय म्याच खेल्नेछ । लगतै नेपाल, मलेसिया र पपुवा न्यूगिनीबीच त्रिकोणात्मक टी–२० सिरिज हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?