+
+

पर्यटन प्रवर्द्धनका लागि कार र्‍याली आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १२:०५

९ चैत, काठमाडौं । पर्यटन प्रवर्द्धनका लागि काठमाडौं–गोरखा–पोखरासम्म २५० किलोमिटर लामो कार र्‍याली हुने भएको छ । रोटरी क्लब अफ बागमती र केजीएच फाउन्डेसनको सहकार्यमा मोटर र्‍याली आयोजना हुने लागेको छ । नेपाल पर्यटन बोर्डले यस कार्यक्रममा सहयोग गरेको छ ।

बोर्डको देश दर्शन अभियानलाई सफल बनाउन कार र्‍याली आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । र्‍यालीको क्रममा आँखामा लाग्ने क्यान्सर रोगबारे जनचेतना अभिवृद्धि समेत गरिने बताइएको छ । सुरक्षित ड्राइभिङलाई प्रोत्साहित गरी राजमार्गमा गाडी चलाउन प्रोत्साहित गर्ने उद्देश्य समेत राखिएको छ । आयोजकका अनुसार र्‍यालीमा एउटा कारले अर्कोलाई उछिनेर प्रतिस्पर्धा गरिने छैन । आम मानिसले सवारी चलाउने गतिलाई ध्यानमा राख्दै समय, दूरी र गतिसमेतको आधारमा विजेता घोषणा गरिने आयोजकको भनाइ छ । समयभन्दा छिटो पुगेमा प्रत्येक मिनेट बराबर २० अंक थप हुने भएको छ ।

ढिलो पुगेमा प्रतिमिनेट १० अंकमात्र थप हुने भएको छ । र सबैभन्दा कम अंक ल्याउनेलाई विजयी घोषणा हुने गरी डिजाइन गरिएको आयोजकले जनाएको छ । सहभागीलाई विभिन्न ६ वटा चेक प्वाइन्टमा बसेका स्वयमसेवकले विभिन्न काम दिने भएका छन् । ती काम तोकिएको स्थान वा यात्राको दौरान नै पूरा गर्नुपर्ने हुन्छ । यसरी काम पूरा गरेको आधारमा अतिरिक्त अंक प्रदान गरिने भएको छ ।

विजयी चालकले शिल्ड, प्रमाणपत्र र टर्कीस एयरको काठमाडौं–इस्तानबुल–काठमाडौं हवाई टिकट पाउने छन् । दोसो हुनेले बुद्ध एयरमा माउण्टेन फ्लाइटको अवसर पाउने छन् । तेस्रो हुनेले नेपाल एयरलाइन्सको कुनै एक रुटको हवाई टिकट पाउने आयोजकको भनाइ छ ।
र्‍याली आगामी शुक्रबार बिहान ८ बजे नेपाल पर्यटन बोर्डबाट सुरु हुनेछ । पहिलो दिन पृथ्वी राजमार्ग हुँदै आँबुखैरेनीबाट गोरखा पुगेर यात्रा सकिने छ । दोस्रो दिन गोरखाबाट तनहुँको दमौली हुँदै पोखराको बिन्दबासनी मन्दिर चोकमा पुगेर समापन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?