+
+

ओलीले दिए एमालेले चुनाव जित्ने १८ आधार

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १५:४७

९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । ओलीले बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदन मुख्य रुपमा स्थानीय तहको चुनाव केन्द्रित छ ।

ओलीले स्थानीय चुनावमा एमालेले जित्ने भन्दै देशका १८ आधार पेस गरेका छन्, जसमा एमालेले गरेको भनेर केही कामको चर्चा गरिएको छ । ओलीले १८ बुँदमा ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा प्रभावकारी भूमिका खेलेको, राष्ट्रको पहिचान, भूमिका र प्रतिष्ठा अभिबृद्धिका लागि असाधारण योगदान गरेको’ दावी गरेका छन् ।

त्यस्तै केन्द्र, प्रदेश र स्थानीय सरकारको नेतृत्व गर्दा विकास र समृद्धिका क्षेत्रमा भूमिका खेलेको, स्थानीय तहलाई प्रभावकारी बनाउन योगदान गरेको, प्रत्येक पालिकामा आधारभूत अस्पताल, प्रशासनिक भवन, पालिका केन्द्र जोड्ने सडक लगायतका कार्यक्रम ल्याएकाले पनि एमालेले स्थानीय चुनाव जित्ने दावी ओलीले गरेका छन् ।

हेर्नुहोस् ओलीले दिएका १८ आधार 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?