+
+

धनुषामा स्कुल बस र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १४:२८

४ जेठ, जनकपुरधाम । धनुषामा स्कुल बस र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक विदेह नगरपालिका ७ का २० वर्षीय सन्तोष यादवको मृत्यु भएको हो ।

धनुषा प्रहरीका अनुसार आज बिहान पौने ११ बजेतिर हुलाकी सडक खण्डअन्तर्गत विदेह नगरपालिका ७ जोगियारास्थित तिनकोरियाबाट औरहीतर्फ आउँदै गरेको प्रदेश २ ००२ ००४ प ३७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट जाँदै गरेको ना ४ ख ५७० नम्बरको लर्ड गणेश इङ्लिस बोर्डिङ स्कुलको बस ठोक्किएका थिए ।

बसको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार सुमित राई घाइते भएका छन् । उनको जनकपुरधामस्थित रामजानकी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?