+
+

शिक्षालाई सुधारे मात्रै अन्‍य क्षेत्र सुध्रिन्छ : शिक्षामन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १६:३६

९ चैत, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको शिक्षालाई सुधार गर्न सके मात्रै अन्य क्षेत्रहरुमा सुधार आउने बताएका छन् ।

बुधवार निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)को १५ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षा क्षेत्रको सुधार गर्न सकेमा अन्य क्षेत्रमा स्वत्ः सुधार हुने बताएका हुन् ।

उनले देशको समृद्धिको निम्ति शिक्षा पहिलो ढोका भएको बताए । शिक्षामा सुधार गर्ने देशहरुले मात्रै अन्य क्षेत्रमा प्रगति गर्न सकेको उनले बताए । मन्त्री पौडेलले शिक्षा सेवाको क्षेत्र भएको उल्लेख गर्दै शिक्षालाई देशको समृद्धिको निम्ति प्रयोग गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘स्वास्थ्य र शिक्षा भनेको संविधानले लेखे अनुरुप नागरिकले प्राप्त गर्ने मौलिक हकको रुपमा सचीकृत भएको विषय हो । र यो शिक्षालाई हामी सेवामुलक राष्ट्र निर्माण गर्ने, समृद्धि निर्माण गर्ने, सक्षम नेपाली निर्माण गर्ने एउटा अभियानको रुपमा शिक्षालाई प्रयोग गर्न सक्यौँ । शिक्षालाई सुधार गर्न सक्यौँ भनेदेखि देशका अरु क्षेत्रहरु स्वत्ः सुध्रिन्छन् । यही कुरामा हामी अगाडी बढ्नु छ ।’

मन्त्री पौडेलले देशलाई सक्षम जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक रहेको बताए । शिक्षालाई सिपमा बदल्दै रोजगारसँग जोड्ने शिक्षा आवश्यक रहेको उनको भनाई छ । उनले व्यवहारिक, वैज्ञानिक र उत्पादनमूलक शिक्षा हुनेगरी पाठ्यक्रम बनाउनुपर्ने बताए ।

उनले भने, ‘हामीलाई जे चाहिने हो त्यही कुरालाई सम्बोधन गर्नेगरी हाम्रा पाठ्यक्रमहरुलाई संविधानको भाषा अनुरुप संविधानमा तिनवटा शब्द छ, शिक्षालाई वैज्ञानिक बनाउँ, शिक्षालाई व्यवहारिक बनाउँ र शिक्षालाई उत्पादनमुलक बनाउँ । संविधानको भाषा यो हो नि अहिले । त्यसमा अगाडी बढाउनको निम्ति हामी सबैको साझा संकल्पको आवश्यकता छ ।’

मन्त्री पौडेलले शिक्षामा संरचनागत र नीतिगत सुधार आवश्यक रहेको भन्दै त्यसको सुधारका लागि मन्त्रालयले काम गरिरहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?