+
+

धनुषा शहीदनगरका बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १७:२०

९ चैत, जनकपुरधाम । स्थानीय सरकारले थप्नुपर्ने तलब पटक-पटक आग्रह गर्दा पनि नदिएको भन्दै धनुषाको शहीदनगर नगरपालिकाका बालविकास सहजकर्ता र विद्यालय कर्मचारी आन्दोलनमा उत्रेका छन् ।

संघीय सरकारले दिदैं आएको तलवमा स्थानीय सरकारले थप गरेर दिनुपर्ने कानुन बनेपनि आफूहरुले हालसम्म नपाएको उनीहरुको भनाई छ । गत ६ असोजमा तथा ६ चैतमा समेत यसबारे ज्ञापन पत्र बुझाएर आग्रह गर्दा पनि ध्यान नदिँदा उनीहरुले विद्यालयको कामकाज बन्द गरी नगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।

गत साउन महिनादेखि नै आफूहरुले स्थानीय सरकारबाट समेत तलब पाउनुपर्नेमा नपाएको बालविकास सहजकर्ता लक्ष्मी थारु महतोले बताइन् ।

विद्यालय कर्मचारी (लेखापाल) को संघीय सरकारले रु १३ हजार ५ सय, बालविकास सहजकर्ताको रु ८ हजार र कार्यालय सहयोगीलाई रु ८ हजार दिदैं आएकोमा स्थानीय सरकारले ७ हजार दिन संघीय सरकारले अध्यादेशबाट बजेट पारित गरेको थियो ।

पारित भइसकेको बजेट पनि दिन आलटाल गरेकाले आफूहरुलाई आन्दोलनमा उत्रनुपरेको महतोले बताइन्। बढाइएको तलव स्थानीय सरकारले नदिएसम्म नगरपालिका कार्यालयमा धर्ना दिइरहने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?