+
+

वाम एकताभन्दा पार्टी प्रवेश रोकिन्छ : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी टुक्र्याउनेहरुसँग एकता नहुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते १९:३६

९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी टुक्र्याउनेहरुसँग एकता नहुने बताएका छन् ।

बुधबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले एकताको कुरा गरेर पार्टी प्रवेश रोक्न नहुने बताए । ‘यत्रो पार्टी टुक्र्याउने काम गरिएको छ, अन्य देश वा समूहहरुसँग सम्झौता गरेको छ’, अध्यक्ष ओलीले भनेका थिए ।

पार्टी एकता नभएर एमालेले प्रवेशलाई जोड दिनुपर्ने उनले बताएका थिए । ‘वामपन्थी गठबन्धन नभनौं, एकता नभनौं । के को एकता ? प्रवेश भनौं’, उनको भनाइ थियो । पुष्पकमल दाहाल प्रचण्डको भाँडो रित्तिनेगरी एमालेमा प्रवेश गराउनुपर्ने ओलीले बताएका थिए ।

‘यत्रो तीन करोड जनता छन् । किन गर्न पर्यो वाम एकता ? कुन वाम एकता ?’ ओलीले भने, ‘एमाले बलियो बनाए हुन्न ?’ एकता नभइ प्रवेशबाटै एमाले बलियो हुने ओलीले बताएका थिए ।

पहिलो दिनको बैठक समापण गर्दै ओलीले एउटा विषयमा (वाम एकतामा) अलमलिन नहुने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?