+
+

पुलिस र आर्मी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सेमिफाइनलमा

सुदूरपश्चिम क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ९ गते २०:०३

९ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी सेमिफाइनलमा पुगेका छन् ।

बुधबार भएका क्वाटरफाइनलका खेल जित जित्दै दुवै विभागिय टोली अन्तिम चारमा पुगेका हुन् । पहिलो खेलमा आर्मीले प्रदेश नम्बर १ लाई ३-० को सोझो सेटले पराजित गर्‍यो भने आर्मीसंग प्रदेश नम्बर १ २५–१७, २५–२१ २५–९ को सेटले पराजित भएको हो । खेलका म्यान अफ द म्याच आर्मीका दुर्गा खड्का भएका छन् ।

दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटले पराजित गरेको छ । पुलिसले २५–८, २५–९ र २५–१५ को सेटले पराजित गरेको हो । खेलका म्यान अफ द म्याच पुलिस क्लबका हिम राना भए ।

यसअघि बुधबार विहान भएको खेलमा घरेलु टोली सुदूरपश्चिम बागमती प्रदेशलाई पराजित गर्दै समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको छ । सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–१ को सेटले पराजित गर्‍यो। पहिलो र दोस्रो सेट २५–१६ र २५–२३ ले जितेको सुदूरपश्चिमले तेस्रो सेट भने १६–२५ ले गुमाएको थियो ।

चौथो सेट २५–२२ ले जित्दै सुदूरपश्चिम समूह विजेता भएर क्वाटरफाइनलमा पुगेको हो । खेलका म्यान अफ द म्याच सुदूरपश्चिमका सन्तोष महता भए । आजको खेल हारे पनि बागमती प्रदेश पनि समूह उपविजेता बन्दै अन्तिम ८ मा पुगेको छ ।

अब बिहीबार सुदूरपश्चिमले एपीएफ र बागमतीले गण्डकी प्रदेशसंग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ । १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने छ। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?