+
एसीसी यू-१६ इस्ट जोन कप :

नेपालले उपाधिका लागि सिंगापुरसँग खेल्ने

२०८२ असार  १९ गते १३:२७ २०८२ असार १९ गते १३:२७
नेपालले उपाधिका लागि सिंगापुरसँग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंगापुरले हङकङलाई पराजित गरी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गर्यो।
  • नेपालले मलेसियालाई जित्दै फाइनलमा स्थान बनाएको छ, र सिंगापुरसँग प्रतिस्पर्धा हुनेछ।
  • नेपालले समूह चरणमै सिंगापुरलाई हराइसकेको र यस प्रतियोगिताको साविक विजेता रहेको जानकारी दिइएको छ।

१९ असार, काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेटले हराउँदै सिंगापुर फाइनलमा पुगेको हो ।

हङकङले दिएको १६९ रनको लक्ष्य सिंगापुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । अब सिंगापुर र नेपालबीच शनिबार फाइनल हुनेछ ।

यसअघि नेपालले पहिलो सेमिफाइनलमा मलेसियामाथि ९ विकेटको सहज जित हासिल गरेको थियो ।

नेपालले समूह चरणको पहिलो खेलमा नै सिंगापुरलाई हराइसकेको छ । नेपाल फाइनलसम्म आइपुग्दा अपराजित छ भने सिंगापुरले नेपालबाहेक सबै टोलीलाई हराएको छ ।

समूह ए को विजेता बलियो टोलीका रूपमा देखिएको हङकङ भने फाइनलमा पुग्न सकेन ।

नेपाल यस प्रतियोगिताको साविक विजेता पनि हो ।

एसीसी यू-१६ इस्ट जोन कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय