+
+

रुसको सहयोगमा निर्मित सुपरसोनिक क्रुज मिसाइलको भारतमा सफल परीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते ६:२५

१० चैत, काठमाडौं । भारतले रुसको सहयोगमा निर्मित ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ ।

जमिनबाट जमिनमा प्रहार गर्ने यस मिसाइलको परीक्षण बुधबार अण्डमान र निकोबार द्वीपमा गरिएको थियो ।

यो सुपरसोनिक क्रुज मिसाइल आवाजको गतीभन्दा तीन गुणा बढी रफ्तारमा उडेर लक्ष्य भेद्न सक्छ ।

भारतीय अधिकारीहरुका अनुसार परीक्षणको क्रममा यसले लामो दुरीको निशानाको लक्ष्य हासिल गर्न सफल भएको थियो ।

मिसाइल परीक्षण पछि भारतीय सेनाका एयर चिफ मार्शल बीआर चौधरीले टोलीलाई बधाई दिएका थिए । चौधरी आफैं परीक्षण गर्ने स्थानमा उपस्थित थिए ।

यो सुपरसोनिक क्रुज मिसाइलको नाम ‘ब्रहमोस’ राखिएको छ । यो नाम भारतको ब्रह्मपुत्र नदी र रुसको मोस्कवा बन्दरगाहको नामबाट राखिएको हो । यसलाई पनडुब्बी, सतह युद्धपोत, विमान या जमिनबाट पनि प्रहार गर्न सकिन्छ । यो विश्वको तीव्र गतिको सुपरसोनिक क्रुज मिसाइलमध्येको एक हो ।

ब्रह्मोस मिसाइलको एयर भर्जन गत वर्ष ८ डिसेम्बरमा सफल परीक्षण गरिएको थियो । अब यी मिसाइललाई लडाकु विमानमा पनि जडान गरिने भारतीय अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?