+
+

माओवादीले गण्डकीमा निर्वाचनबाट टुंग्यायो पदाधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते ११:५३

१० चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गण्डकी प्रदेशमा निर्वाचनबाट पदाधिकारीको टुंगो लगाएको छ । अध्यक्ष र प्रदेश कमिटी सदस्य चुनिएको चार महिनापछि बुधबार राति निर्वाचनमार्फत बाँकी पदाधिकारी चयन गरेको हो ।

उपाध्यक्षमा गुणाखर बस्याल (पर्वत), मित्रशरण शर्मा (नवलपुर), ज्ञामनाथ गैह्रे (बाग्लुङ) निर्वाचित भए । सचिवमा जगन्नाथ खनाल (गोरखा) र सहसचिवमा अतिन्द्र केशरी न्यौपाने (तनहुँ), मेख बहादुर भण्डारी (लम्जुङ), टेकबहादुर बिक (म्याग्दी) निर्वाचित भए भने कोषाध्यक्षमा तारा भुषाल (स्याङजा) निर्वाचित भएका छन् ।

८ जना पदाधिकारीका लागि १८ जनाको उम्मेदवारी परेपछि मतदान भएको थियो । अध्यक्षमा भने ४ महिनाअघि नै गायत्री गुरुङ सर्वसम्मत चयन भइसकेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?