+
+

शेखर पक्षले बोलायो नेविसंघ र तरुण दलको भेला

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १८:०१

१० चैत, काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले नेपाल विद्यार्थी संघ र तरुण दलमा आवद्ध आफ्नो पक्षको भेला बोलाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले परामर्श नगरी नेविसंघ र र तरुण दलको अध्यक्ष चयन गरेपछि शेखर पक्षले आफू पक्षका नेताहरुको भेला बोलाएको हो । ‘तीन दिनभित्र नेविसंघ र तरुण दलको संयुक्त रुपमा राष्ट्रिय भेला गर्ने भनिएको छ । अरु जोडिन आए भने ढोका खुला छ । मुख्यतः शेखर पक्षकै भेला हो’ नेता गुरुराज घिमिरेले जानकारी दिए ।

कार्यसम्पादन समितिले भ्रातृ संस्थाको नेतृत्व सभापतिले आपसी परामर्शमा चयन गर्ने निर्णय भए पनि देउवाले त्यसलाई लत्याएको शेखर पक्षको आरोप छ । ‘नेताहरु बीचमा समझदारीबाट निर्णय हुनुपर्दछ । पार्टीभित्र एकाधिकार स्वेच्छाचारिता देखिनुभएन’ नेता घिमिरेले भने ।

नेविसंघको अध्यक्ष नियुक्तिको विरोधमा शेखर पक्षका कार्यकर्ताले विरोध प्रदर्शन गर्ने भएका छन् । देउवाले बुधबार नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई चयन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?