+
+

१३ महिनापछि मैदान फर्किइन् ‘गोल मेसिन’ साम्बा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १८:०४

१० चैत, चितवन । नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ता सावित्रा भण्डारी चोटमुक्त भएर १३ महिनापछि फुटबल खेल्न मैदान फर्किएकी छन् ।

सावित्राले चितवनमा बिहीबारदेखि सुरु भएको राष्ट्रिय महिला लिगअन्तर्गत त्रिभुवन आर्मीविरुद्धको उद्घाटन खेलमा वैकल्पिक खेलाडीका रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरी १३ महिना ७ दिनपछि प्रतिस्पर्धात्मक खेलमा सहभागी भएकी हुन् ।

सावित्राले २०७७ सालको महिला लिगमा फागुन ३ गते भएको १० औं चरणको खेलका क्रममा घुँडाको इन्टेरियर क्रुसियल लिगामेन्ट (एसीएल) इन्जूरीपछि बाँकी खेल गुमाइन् ।

एपीएफले उपाधि जितेको त्यो संस्करण १० खेलमा कीर्तिमानी ४३ गोल गरेकी सावित्रापुरस्कार वितरण समारोहमा भने वैशाखी टेकेर पुगेकी थिइन् ।

सन् २०१४ मा माल्दिभ्सविरुद्ध राष्ट्रिय टोलीबाट डेब्यू गरेयता लगातार उच्चस्तरको प्रदर्शन गरेकी सावित्रालाई एन्फाले कतारमा उपचारको व्यवस्था मिलाएको थियो ।

कतारको विश्व प्रसिद्ध अस्पेटार अस्पतालमा गत असार ३१ गते उनको शल्यक्रिया भएको हो । करिव ७ महिनाको फिजियोथेरापीपछि माघ २५ गते उनी स्वदेश फर्किएकी थिइन् ।

लमजुङको सीमपानीमा जन्मिएकी सावित्राले २०७१ सालदेखि विभागीय टोली एपीएफबाट खेल्न थालेकी हुन् । त्यसयता लगातार एपीएफको प्रमुख खेलाडीका रुपमा छिन् ।

भारत र माल्दिभ्समा व्यवसायिक फुटबल खेलेकी सावित्राले राष्ट्रिय टोलीका लागि ३८ खेलमा कीर्तिमानी ३८ गोल गरेकी छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?