+
+

भुवन र झरनाले भने- सरकारले नेपाली फिल्मलाई मायालु नजरले हेरेन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ११ गते ११:३३
तस्वीर : शंकर गिरी/अनलाइनखबर

काठमाडौं । कोरोना महामारीपछि नेपाली बक्स अफिसमा विदेशी फिल्मको दबदबा बढेको छ । हप्तैपिच्छे बलिउड, हलिउड र दक्षिण भारतीय फिल्म रिलिज भइरहेका छन् ।

ठूलो लगानीमा निर्माण भएका विदेशी फिल्मसामु कम बजेटका नेपाली फिल्म जुध्नु पक्कै राम्रो होइन । विदेशी फिल्मको प्रभुत्वले नेपाली फिल्म निर्मातालाई चिन्तित बनाएको महसुस हुन थालेको छ ।

बिहीबार बेलुका ‘ए मेरो हजुर ४’को ट्रेलर रिलिज गर्न आयोजित पत्रकार सम्मेलनमा यस्तो चिन्ता पोखियो । निर्देशक तथा अभिनेत्री झरना थापा, निर्माता सुनिलकुमार थापा, भुवन केसीदेखि अनमोलसम्मले विदेशी फिल्मको दबदबा बढ्दा नेपाली फिल्मलाई चिन्ता थपेको बताए ।

उनीहरुको प्रमुख चिन्ता चाहिं ठूला विदेशी फिल्मसामु सानो बजेटका नेपाली फिल्म जुधेर हुने क्षतिप्रति सरकार गम्भीर नभएको भन्नेतर्फ हो । उनीहरुको यस्तो चिन्तामा एकैसाथ आक्रोश, निराशा र अन्योल देखिएको थियो ।

भुवनले नेपाली फिल्मलाई सरकारले मायालु नजरले नहेरेको बताए । ‘हामीलाई विदेशी फिल्मले नेपाली संस्कृति, पर्यटन र फिल्मलाई डोमिनेट गरेको महसुस भएको छ,’ भुवनले भने, ‘नेपाली फिल्मलाई हेर्ने सरकारी नीति नै मायालु छैन ।’

निर्माता सुनिलकुमार थापाले १०० करोडमा बनेका भारतीय फिल्मसँग तीन करोडमा बनेको नेपाली फिल्म जुध्नु विडम्बनापूर्ण भएको बताए । उनले यो कुरा बुझाउन नेपाल र भारतबीचको फुटबल खेलको सहारा लिए । ‘हलमा नेपाल र इण्डियाको फुटबल म्याच हुँदैछ,’ उनले भने, ‘उसले एक गोल हान्छ भने हामी दुई गोल फर्काउँछौं ।’ नेपाली संस्कृति र नेपालीको इज्जत बढाउने ढंगले फिल्म बनेको उनको तर्क थियो ।

निर्देशक झरना थापाले यस्तो समयमा नेपाली फिल्मका निर्माता एकजुट हुनुपर्ने बताइन् । ‘हामीले बनाएको फिल्मले मन छुन्छ भने सबै प्रमोट गरिदिनुपर्‍यो । नराम्रो छ भने नराम्रो भन्दिनुहोला । यतिबेला हामीबीच एकताको आवश्यकता छ,’ उनले भनिन् ।

अनमोलले पनि वैशाख १ गतेको बक्स अफिस भिडन्तलाई नेपाल र भारतबीचको फुटबल खेलसँग तुलना गर्दै नेपालको जित हुने बताए । अभिनेत्री सुहाना थापाले दर्शकको साथको अपेक्षा गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?