+
+

उत्तर प्रदेशमा ५२ सदस्यीय जम्बो मन्त्रिपरिषद् गठन

मुख्यमन्त्री योगी आदित्यनाथले दलित र मुस्लिम समुदायलाई पनि समेटे

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १२ गते ११:३५

१२ चैत, काठमाडौं । भारत उत्तर प्रदेश -यूपी)का मुख्यमन्त्री योगी आदित्यनाथले मुख्यमन्त्री पदको शपथ लिएका छन् । राजधानी लखनउको इकाना स्टेडियममा आयोजित विशेष समारोहमा आदित्यनाथलाई प्रदेश प्रमुख आनन्दीबेन पटेलले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

भाजपाका नेता योगी आदित्यनाथ उत्तर प्रदेशमा लगातार दोस्रो कार्यकाल मुख्यमन्त्री बनेका हुन् ।

योगी आदित्यनाथ नेतृत्वको ५२ सदस्यीय जम्बो मन्त्रिपरिषदमा २ उपमुख्यमन्त्री र १६ जना मन्त्री छन् । केशव प्रसाद मौर्य र ब्रजेश पाठक उपमुख्यमन्त्री छन् । मौर्यले यसपटकको विधानसभा निर्वाचन जितेका थिएनन् । हारका बाबजुद पनि उनलाई उपमुख्यमन्त्री बनाइएको छ । उनी अघिल्लो सरकारमा पनि उपमुख्यमन्त्री थिए ।

योगी आदित्यनाथको मन्त्रिपरिषदमा ओबीसी समाजलाई विशेष ध्यानमा राख्दै दलित, ब्राह्मण, राजपुत, बनिया, भूमिहार, कायस्थ, शिख र मुस्लिम समुदायका नेताहरुलाई पनि स्थान दिइएको छ । लखनउका बरिष्ठ पत्रकार हेमन्त तिवारीका अनुसार मन्त्रिपरिषदमा करिब २० जना ओबीसी, ९ दलित, ७ ब्राह्मण, ६ राजपुत, ४ वैश्य, २ भूमिहार समुदायका छन् । यसैगरी कायस्थ, शिख र मुस्लिम समुदायका एक-एक जना समेटिएका छन् ।

कोको परेनन् ?

अघिल्लो सरकारमा उपमुख्यमन्त्री रहेका दिनेश शर्माले यसपटक मन्त्रिपरिषदमा स्थान पाएनन् । यसैगरी पहिले ऊर्जामन्त्री सम्हालेका श्रीकान्त शर्मा पनि यसपटक मन्त्री बन्न पाएनन् । अघिल्लो सरकारमा रहेका एकमात्र मुसलमान मन्त्री रहेका मोहसिन रजा पनि यसपटक क्याबिनेटमा परेनन् ।

अघिल्लो पटकका चर्चित मन्त्री सतीश महाना र स्वाती सिंह पनि यसपकट मन्त्री बन्न पाएनन् । तर स्वातीका श्रीमान दयाशंकरलाई यसपटक मन्त्री बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?