+
+

राजेन्द्र लिङ्देनको प्रश्न : देउवालाई ५ वर्ष दिए देश बनाउलान् ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १२ गते १५:४९

१२ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवाले अबको कति समयमा देशलाई सक्षम बनाउन सक्छन् भनेर प्रश्न गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कति समय पाएमा देश सक्षम बनाउन सक्छन् भन्ने प्रश्नको जवाफ उनीहरुसँगै नभएको बताए ।

उनले ३१ वर्षसम्म नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरुलाई नै जिताएर देश बन्छ भन्नु मुर्खता भएको टिप्पणी गरे ।

‘बडो आदरपूर्वक भनौं, शेरबहादुर देउवालाई अब कति पटक वा कति वर्ष थपदियो भने उहाँ देश बनाउन सक्षम हुनुहन्छ ? कोही काँग्रेसको नेता हुनुहुन्छ शेरबहादुर देउवालाई अब ५ वर्ष दिए देश बन्छ भनेर भन्न सक्नुहुन्छ ? अथवा केपी ओली, प्रचण्ड, उहाँहरुलाई कति वर्ष र कति कार्यकाल थपेपछि यो देश बन्छ ?’ उनले प्रश्न गरे ।

अध्यक्ष लिङ्देनले मूलधारमा रहेको पार्टीको दिमाग बाँझो भइसकेको भन्दै जति भोट दिएपनि उनीहरुले देश नबनाउने दाबी गरे ।

‘यिनीहरुलाई जति भोट दिए पनि देश बनाउँदैनन् । यिनीहरुको दिमाग बाँझो भइसक्यो । अब त्यो उर्बरता आउनेवाला छैन । अब हामीलाई पर्खने छुट र सुविधा छैन’ उनले भने ।

अध्यक्ष लिङ्देनले राप्रपालाई एक पटक सरकारको नेतृत्वको जिम्मा दिएर हेर्न पनि आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?