+
+

उत्तरी नाका सहज बनाउने चिनियाँ आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते १३:४१
रसुवागढी नाका/फाइल तस्वीर

१३ चैत, काठमाडौं । चिनियाँ वाणिज्य सहायक मन्त्री शेङ्ग क्युपिङले नेपालसँगको उत्तरी व्यापारी नाका सञ्चालन सहज बनाउने आश्वासन दिएका छन् ।

नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय प्रतिनिधि मण्डललेका सदस्य क्युपिङ र नेपालका वाणिज्य सचिव गणेश पाण्डेय नेतृत्वको बार्तामा क्युपिङले यस्तो आश्वासन दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

‘कोभिड–१९ का कारण तातोपानी र रसुवागढी नाका प्रभावित भएको तर हाल चीनमा समेत प्रकोप कम हुँदै गएकाले छिट्टै सीमा नाकाबाट सहज आयात र निर्यात हुन्छ,’ क्युपिङलाई उद्दृत गर्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

नेपालको व्यापार प्रवद्र्धन, व्यापारीक पूर्वाधार विकासमा चीन सहमत रहेको भन्दै क्युपिङले दुई देशबीचको व्यापार असहजताका समस्याहरु दुई देशबीचको संयुक्त कार्य समितिको बैठकमा छलफल गर्न उपयुक्त हुने धारणा राखेको थिए ।

भेटमा नेपालका तर्फबाट वाणिज्य सचिव पाण्डेयले लामो समय नाकामा अवरोध हुँदा नेपालले हैरानी व्यहोरेको बताएका थिए ।

तातोपानी र रसुवागढी नाका नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न, व्यापार सहजीकरण गरिदिन, पूर्वाधार विकास र बहुआयामिक क्वारिन्टिन प्रयोगशाला निर्माणका लागि सचिव पाण्डेयले आग्रह गरेका थिए । यस्तै उनले गैर भन्सार अवरोधहरु न्यूनीकरण गर्न पनि चिनियाँ वाणिज्य साहायक मन्त्री क्युपिङको ध्यानाकर्षण गराएको मन्त्रालयको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?