+
+

यूएनडीपीको गाडीले स्कुटरलाई ठक्कर दिँदा पत्रकार अधिकारी घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १९:५४

१४ चैत, काठमाडौं । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको गाडीले स्कुटरलाई ठक्कर दिँदा एकजना पत्रकार घाइते भएकी छन् ।

सोमबार झम्सिखेलस्थित आफू कार्यरत अनलाइन सेतोपाटीको कार्यालयमा जाँदै गर्दा निलो नम्बर प्लेट भएको गाडीले स्कुटरलाई ठक्कर दिँदा २५ वर्षीया समिक्षा अधिकारी घाइते भएकी हुन् ।

प्रहरीका अनुसार ६६–०११–८४१ नम्बरको गाडीले अधिकारी सवार स्कुटरलाई ठक्कर दिएको थियो । अधिकारीको खुट्टा र हातमा चोट लागेको छ ।

प्रहरीले गाडीको कागजातलाई नियन्त्रणमा लिएको छ भने चालक मकवानपुरका अरुण विष्ट छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?