+
+

गज्जबको ट्रिक : जिमेलबाट आफै डिलिट हुनेछन् अनावश्यक इमेल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १३:३१

१५ चैत, काठमाडौं। गुगलको मेल सर्भिस जिमेल संसारमा सबैभन्दा लोकप्रिय इमेल सेवा हो । तर लोकप्रियता र सरलतासँगै जिमेल प्रयोगकर्ताहरुले दैनिक रुपमा अनावश्यक तथा स्पाम इमेलहरुको सामना गर्नुपर्दछ ।

त्यस्ता अनावश्यक इमेलहरु आफ्नो इनबक्समा थुप्रिँदा त्यसले जिमेलको निर्धारित नि:शुल्क स्टोरेज नै भरिदिन्छ । यहाँ यस्तो ट्रिक बताइँदैछ जसको सहयोगमा तपाईंले आफ्नो जिमेलमा आउने सबै अनावश्यक इमेलहरु आफै डिलिट हुनेछन् ।

आमरुपमा कुनै पनि एपमा लगइन गर्नका लागि हामीले त्यसमा आफ्नो इमेल आइडी हाल्नुपर्दछ । त्यसैले धेरै खालका एप तथा अन्य वेबसाइटमा छिर्नका लागि आफ्नो जिमेल आइडी हाल्ने गर्नाले तपाईंको जिमेलमा अनेक खालका इमेलहरु आउनु स्वभाविकै हो ।

काम लाग्ने भन्दा नलाग्ने स्पाम इमेलहरुले जिमेलमा धेरै ठाउँ ओगट्दछन् र कहिलेकाहीँ त्यस्ता इमेल कारण अरु आवश्यक इमेलहरु हेर्न छुट्ने वा स्टोरेज भरिएर नयाँ इमेल नै नआउन सक्दछ ।

त्यसैले तपाईंले त्यस्ता अनावश्यक इमेलहरु हटाइरहनु पर्दछ । तर यदि तपाईंले एउटा ट्रिक अपनाउनु भयो भने दैनिक त्यस्ता इमेल हटाइरहनु पदैन र त्यस्ता इमेलहरु आफै डिलिट हुन्छन् ।

अनावश्यक इमेलहरुलाई आफसेआफ डिलिट गर्नका लागि जिमेलमा एउटा खास फिचर छ । त्यसको नाम हो Filters for Auto Deletion। उक्त फिचरको प्रयाग कसरी गर्ने त ?

सबैभनदा पहिले आफ्नो जिमेल अकाउन्ट लगइन गर्नुहोस् । त्यसपछि सर्च बारमा तपाईंले एक फिल्टर अप्सन देख्नुहुन्छ । सर्च बारमा फिल्टर अप्सन देखिएन भने सेटिंग्समा क्लिक गरी Filters and Blocked Addresses को ट्याबमा जान सक्नुहुन्छ । त्यसमा गएर तपाईंले Create Filter मा क्लिक गर्नुपर्दछ ।

फिल्टर अप्सन क्लिक गरेपछि त्यसको सबैभन्दा माथि From लेखेको देखिन्छ । तपाईंले त्यस ठाउँमा त्यस्ता इमेल एड्रेसहरु टाइप गर्नुहोस् जहाँबाट आएका इकेलहरु काम लाग्दैनन् र तपाईंले त्यस्ता इमेलहरु तत्कालै डिलिट होउन् भन्ने चाहनुहुन्छ ।

त्यति गरिसकेपछि त्यस्ता ठेगानाबाट आउने स्पाम इमेलहरु आफै डिलिट हुन्छन् र दैनिक रुपमा आफूले खोजीखोजी डिलिट गर्नु पर्दैन। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?