+
+

गरिमा विकास बैंकले किन्यो केसीएल अस्ट्यूटको ५१ प्रतिशत सेयर 

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १६:३०

१५ चैत, काठमाडौं । केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड अब गरिमा क्यापिटल बनेको छ । गरिमा विकास बैंकले ५१ दशमलव २० सेयर स्वामित्व किनेर गरिमा क्यापिटल लिमिटेडको नामबाट कारोबार सुरु गरेको हो ।

(साविक केसीएल अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ । सो कम्पनीले प्रदान गर्दै आएको सेवा तथा कारोबारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुनेछ ।

गत ४ असारमा केसीएल अस्ट्यूट क्यापिटलको ५१.२० प्रतिशत सेयर गरिमा विकास बैंकले खरिद गर्ने सम्झौता भएको थियो ।

कम्पनी रजिष्ट्रारको कार्यालयको ७ चैत्रको पत्रबाट साविकको केसीएल अस्ट्यूट क्यापिटल लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति गरिमा क्यापिटल लिमिटेड कायम भएको क्यापिटलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?