+
+

ह्वावेको वार्षिक प्रतिवेदन सार्वजनिक : थप लगानी बढाउने योजना

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १९:१२

काठमाडौं । ह्वावेले सन् २०२१ को वार्षिक प्रतिवेदन सार्वजिनक गरेको छ । प्रतिवेदन अनुसार कम्पनीको गत वर्षको सञ्चालन स्थिर रहेको छ । ह्वावेले २०२१ मा सीएनवाई ६३६.८ बिलियन राजस्व संकलन गरेको प्रतिवेदनमा उल्लेख छ । सीएनवाई ११३.७ बिलियन नेट प्रोफिट हासिल गरेको छ जुन वार्षिक ७५.९५ ले बढेको छ ।

२०२१ मा कम्पनीको आर एन्ड डी खर्च सीएनवाई १४२.७ बिलियन पुगेको छ । जसले यसको कुल राजस्वको २२.४ प्रतिशत प्रतिनिधित्व गर्ने कम्पनीले बताएको छ । विगत १० वर्षमा यसको कुल आर एन्ड डी खर्च सीएनवाई ८४५ बिलियन भन्दा बढी भएको छ । त्यसै गरी कम्पनीले आर एन्ड डीमा निरन्तर लगानी बढाउने योजना पनि बनाएको कम्पनीको भनाइ छ ।

समग्रमा कम्पनीको कार्यसम्पादन पूर्वानुमान अनुरूप नै रहेको ह्वावेका रोटेटिंग अध्यक्ष गुओ पिङले बताए । उनले भने, ‘क्यारियर व्यवसाय स्थिर रह्यो, इन्टरप्राइज व्यवसायले स्थिर वृद्धि हासिल गर्‍यो र उपभोक्ता व्यवसाय चाँडै नै नयाँ डोमेनहरूमा विस्तार भयो । इकोसिस्टम विकासको फास्टट्रयाकमा लागेका छौं।’

सन् २०२१ मा राजस्वमा कमी आए पनि नाफा कमाउने र नगद प्रवाह उत्पन्न गर्ने कम्पनीको क्षमता बढ्दै गइरहेको ह्वावेकी सीएफओ मेंग वान्जोउले बताइन् । उनका अनुसार यसका प्रमुख व्यवसायहरूको बढेको नाफाका कारण सञ्चालन गतिविधिहरूबाट कम्पनीको नगद प्रवाह २०२१ मा सीएनवाई ५९.७ बिलियनले अदभुत रूपमा बढेको छ । यसको लाएबिलिटी रेसियो पनि ५७.८ प्रतिशतमा झरेको र यसको समग्र वित्तीय संरचना थप बलियो र लचिलो भएको कम्पनीले बताएको छ ।

२०२१ मा ह्वावेको क्यारियर व्यवसायले २८१.५ बिलियन राजस्व उत्पन्न गरेको थियो र विश्वभरका क्यारियरहरूलाई अग्रणी ५जी नेटवर्कहरू प्रयोग गर्न मद्धत गरेको छ । ह्वावेद्वारा स्विट्जरल्याण्ड, जर्मनी, फिनल्याण्ड, नेदरल्याण्ड, दक्षिण कोरिया र साउदी अरेबिया लगायत १३ देशहरूमा ग्राहकहरूका लागि निर्मित ५जी नेटवर्कहरूले उत्कृष्ट प्रयोगकर्ता अनुभव प्रदान गरेको कम्पनीको भनाइ छ । क्यारियर र र्पाटनरहरूसँग काम गरेर ह्वावेले औद्योगिक ५ जी एप्लिकेसनहरूका लागि ३ हजारभन्दा बढी व्यावसायिक सम्झौताहरू हस्ताक्षर गरेको छ । ५जी एप्लिकेसनहरू हाल उत्पादन, माइन, फलाम र स्टिल प्लान्ट, र्पोट र अस्पतालहरू जस्ता क्षेत्रहरूमा ठूलो मात्रामा व्यावसायिक प्रयोग देखिरहेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार निरन्तर डिजिटल रूपान्तरण प्रवृतिका कारण २०२१ मा सीएनवाई १०२.४ बिलियन राजस्व उत्पन्न गर्दै ह्वावेको उद्यम व्यवसाय पनि द्रुत गतिमा बढेको थियो । कम्पनीले कोल माइन टिम, स्मार्ट रोड टिम र कस्टम र पोर्ट टिमसहित धेरै समर्पित टिमहरू पनि स्थापना गरेको थियो ।

७०० भन्दा बढी सहर र २६७ फर्च्युन ग्लोबल ५०० कम्पनीहरूले ह्वावेलाई आफ्नो डिजिटल रूपान्तरण साझेदारको रूपमा रोजेका छन् र ह्वावे अहिले विश्वभर ६,००० भन्दा बढी सेवा र सञ्चालन साझेदारहरूसँग काम गर्दछ ।

गत वर्ष ह्वावेले खुला सहयोग र साझा वृद्धिका सिद्धान्तहरूमा आधारित आफ्नो ओपनइयूलर, माइन्ड स्पोर र हार्मोनी ओएस इकोसिस्टमहरू निर्माण गर्नमा पनि ध्यान केन्द्रित गरेको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार ८० लाख भन्दा बढी विकासकर्ताहरूले हाल ह्वावेको खुला प्लेटफर्महरू, खुला स्रोत सफ्टवेयर र विकास उपकरणहरू, नयाँ व्यापार सिनारियोहरू र व्यापार मोडेलहरू अन्वेषण गर्न प्रयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?