+
+

गठबन्धनलाई एकतावद्ध बनाएर लैजान्छु : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते ११:४२

१७ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई एकतावद्ध बनाएर लैजाने बताएका छन् ।

कांग्रेसले गठबन्धनलाई सँगै लिएर जाने निर्णय गरेको भन्दै उनले सानातिना समस्या आए त्यसलाई मिलाउने काम दलहरुकै भएको बताए ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा देउवाले अरु पार्टीहरुको सहयोगमै गठबन्धन सरकार बनेको बताए । ‘गठबन्धनलाई सँगै लिएर जाने निर्णय गरेको छ । अझ एकतावद्ध रुपमा अगाडि बढाउने छौं, गठबन्धन अगाडि बढ्ने छ,’ उनले भने, ‘सानोतिनो अप्ठ्यारा आउलान्, त्यसलाई पनि फुकाउने राजनीतिक नेताहरुको हो, भाग्ने होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?