+
+

टी-२० अन्तर्राष्ट्रियमा नेपाली बलरको पहिलो ह्याट्रिक विकेट

त्रिकोणात्मक टी२० श्रृंखला अन्तर्गत बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा करण केसीले ह्याट्रिक सहित ५ विकेट लिए ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १६:१२
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा ह्याट्रिक विकेट लिएपछि करण केसी र नेपाली खेलाडीहरु । तस्वीर: विकास श्रेष्ठ/अनलाइनखबर

१७ चैत, काठमाडौं । करण केसी टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली बलर बनेका छन् ।

त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत बिहीबार कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा करण केसीले ह्याट्रिक सहित ५ विकेट लिए ।

करणको ५ विकेट लिएपछि नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २ बल अगावै १६६ रनमा अलआउट गर्दै ३७ रनको जित हात पारेको छ । नेपाल लगातार तीन खेल जित्दै फाइनल समेत पुगेको छ ।

करणले अन्तिम ओभरको दोस्रो, तेस्रो र चौथो बलमा लगातार विकेट लिए । टी-२० अन्तर्राष्ट्रियमा कुनै पनि नेपाली बलरले लिएको यो पहिलो ह्याट्रिक हो ।

त्यसअघि करणले खेलको पहिलो ओभरमा लेगा सिएकाको विकेट लिँदै टी-२० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका थिए । त्यस्तै उनले तेस्रो ओभरमा पीएनजीका कप्तान असद भालाई आउट गरेका थिए ।

अन्तिम ओभरमा करणले ह्याट्रिक विकेट लिए । उनले उक्त ओभरको दोस्रो २ रन बनाएका चाड सपरलाई रोहित पौडेलबाट क्याचआउट गराए । यस्तै तेस्रो बलमा सिमोन अटाईलाई बोल्ड गरे । चौथो बलमा नोसाइन पोकनालाई दीपेन्द्रबाट क्याचआउट गराए ।

टी२० अन्तर्राष्ट्रियमा नेपाली बलरले एकै खेलमा ५ विकेट लिएको यो पहिलो अवसर हो । यसअघि करणको उत्कृष्ट प्रदर्शन सन् २०१९ मा नेदरल्याण्ड्स विरुद्ध ३.३ ओभरमा १७ रन खर्चेर ४ विकेट लिनु थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?