+
+

एमबीबीएस प्रवेश परीक्षामा नक्कली परीक्षार्थी, पाँचजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १७:३१

१८ चैत, काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी भेटिएका छन् ।

काठमाडौं र भक्तपुरको परीक्षा क्षेत्रबाट प्रहरीले पाँचजनालाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए ।

पक्राउ पर्ने मध्ये चारजना नक्कली परीक्षार्थी हुन् भने एकजना परीक्षार्थी नै हुन् । उनले अर्का व्यक्तिलाई परीक्षा दिन लगाएका थिए । यद्यपि, अहिले फरार छन् ।

एसएसपी कुँवरका अनुसार घटनामा थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?