+
+

चितवनका ८ कुखुरा फर्ममा बर्डफ्लू देखियो

चितवनका विभिन्‍न ८ कुखुरा फर्ममा बर्डफ्लू संक्रमण भेटिएको छ । भरतपुर महानगरपालिकाका चार र खैरहनी नगरपालिकाका चार गरी आठ कुखुरा फार्ममा बर्डफ्लू भेटिएको हो।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १७:३७

१८ चैत, चितवन। चितवनका विभिन्‍न ८ कुखुरा फर्ममा बर्डफ्लू संक्रमण भेटिएको छ । भरतपुर महानगरपालिकाका चार र खैरहनी नगरपालिकाका चार गरी आठ कुखुरा फार्ममा बर्डफ्लू भेटिएको हो।

बर्डफ्लू भेटिएका फार्म र आसपासका पंक्षी तथा पंक्षीजन्य सामग्री नष्ट गर्ने बर्डफ्लू समितिले जनाएको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका-२ स्थित किरण प्रसाद कँडेलको तात्रीबास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र, खैरहनी–१० स्थित राजु बुर्लाकोटीको कुखुरा फार्म, खैरहनी–३ स्थित ध्रुव अधिकारीको फार्म र खैरहनी-६ स्थित राजाराम पण्डितको कुखुरा फार्ममा बर्डफ्लू भेटिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत प्रभात न्यौपानेले जानकारी दिए ।

यस्तै भरतपुर महानगरपालिका–८ मदनकृष्ण मानन्धरको व्यावसायिक लेयर्स कुखुरा फार्म, भरतपुर–२३ खेमलाल भुसाल र चन्द्र भुसालको व्यावसायिक लेयर्स कुखुरा फार्म, भरतपुर–१६ स्थित एजे पोल्ट्री फार्म र भरतपुर–२३ अभिशेक रामदामको कुखुरा फार्ममा पनि बर्डफ्लू भेटिएको डा. न्यौपानेले जानकारी दिए ।

बर्डफ्लू प्रभावित क्षेत्रभित्र नियन्त्रण गर्न सो क्षेत्रको सात किलोमिटर परिधिमा नियमित निगरानी राख्ने निर्णय बैठकले गरेको छ । त्यस्तै पंक्षी र पंक्षीजन्य सामग्री नष्ट गर्दा नोक्सानी व्यहोरेका व्यक्तिलाई राहतका लागि कृषि तथा पशुपक्षी मन्त्रालयलाई अनुरोध गर्ने र बर्डफ्लू नियन्त्रणमा खटिने जनशक्तिको स्वास्थ्य निगरानीको लागि स्वास्थ्य कार्यालय मार्फत सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखालाई अनुरोध गर्ने निर्णय भएको छ ।

बर्डफ्लू प्रभावित क्षेत्र वा निगरानी क्षेत्रबाट रोग सार्न सक्ने पक्षी वा पक्षीजन्य सामग्रीको ओसारपसारमा रोक लगाइएको छ । चितवनमा यसैवर्ष राप्ती र भरतपुरका विभिन्न फर्ममा बर्डफ्लू भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?