+
+

रेलको उद्घाटनपछि जनकपुरधाममा खुशियाली (फोटो फिचर)

श्रवण देव श्रवण देव
२०७८ चैत १९ गते १७:४७

१९ चैत, जनकपुरधाम । धनुषाको इनर्वामा पार्किङ गरिएको नेपाली रेललाई छोपिएको त्रिपाल च्यातिइसकेको थियो । रेलका कतिपय पार्टपूर्जामा खिया लागिसकेको थियो । शनिबार भने त्यही रेललाई रंगीचंगी फूलले सजाइयो ।

सजाइएको यही रेलको शनिबार नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गरेका छन् । भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमले हरियो झण्डा देखाए लगत्तै रेल भारतको जयनगरबाट गुडेको थियो ।

गुडेको रेल जनकपुधरामसम्म आउँदा ठाउँ ठाउँमा स्थानीयले स्वागत गरेका छन् । कसैले फूल लिएर त कसैले नेपाल तथा भारतको संयुक्त झण्डा बोकेर रेलको स्वागत गरे ।

भारतको जयनगरबाट नेपाली समय अनुसार १ बजेतिर खुलेको रेल दिउँसो ३ बजेतिर जनकपुरधाम रेल्वे स्टेशन आइपुगेको छ । यहाँ रेल हेर्न बिहानैदेखि सर्वसाधारणको घुइँचो थियो । रेल संचालनमा आउन लागेको खबर पाएपछि जयनगरदेखि जनकपुरधामसम्मका विभिन्न ठाउँका जनता उत्साहित हुँदै रेल हेर्न आएका थिए ।

बालबालिकादेखि बृद्धबृद्धासम्मका व्यक्तिहरु फूल र दुई देशका झण्डासहित रेललाई स्वागत गरेका छन् । रेल हेर्न ठाउँ ठाउँमा स्थानीय जम्मा भएका थिए ।

शनिबार उद्घाटन भएको रेल भने आइतबारदेखि संचालनमा आउनेछ । दैनिक दुई पटक जयनगरदेखि कुर्थासम्म रेल संचालन हुने रेल्वे विभागका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?