
१९ चैत, काठमाडौं । काठमाडौंको व्यस्त बजार असनमा शनिबार बेग्लै रौनक थियो । अधिकांश मानिसहरु रातो, निलो र पहेँलो टोपी र टिसर्टमा सजिएका थिए । उनीहरु तीनवटा खट घुमाउँदै थिए ।
यो खट जुधाउने जात्रा हो, यसलाई पाहाँ च:ह्रे जात्रा पनि भनिन्छ । सुरुमा अन्नपूर्ण देवी मन्दिरको सामन्नेमा वँटुको भद्रकाली मूर्तिलाई खटमा राखेर ल्याइन्छ । त्यसपछि तेबहालको भद्रकालीको अर्को खट पनि असन ल्याइन्छ । त्यसपछि कंकेश्वरीलाई पनि खटमा राखेर ल्याइन्छ र तीन पटक परिक्रमा गराएर बलेको चिराग साटफेर गरिन्छ ।
यसलाई अजिमाहरुको भेटघाट पनि भन्ने गरिन्छ । किनकी यो जात्रामा अजिमा दिदीबहिनी लुमधि अजिमा, तेबहाल अजिमा र कङ्ग अजिमालाई भेट गराइन्छ ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4