+
+

राजधानी किभका सबै क्षेत्र आफ्नो नियन्त्रणमा रहेको युक्रेनको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते ७:१३

२० चैत, काठमाडौं । युक्रेनले राजधानी किभका सबै क्षेत्रमा आफ्नो नियन्त्रण रहेको जनाएको छ । रुसी सेना फिर्ता हुन थालेपछि किभ पूर्णरुपमा आफ्नो नियन्त्रणमा रहेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको हो । यद्यपि रूसको तर्फबाट भने यो कुराको पुष्टी हुन सकेकाे छैन ।

रुसी सेनाले किभ नजिकैको होस्टमेल विमानस्थल छोडेका छन् । सोही विमानस्थल नियन्त्रणमा लिएर रुसले आक्रमण गर्दै आएको थियो ।

टर्कीमा भएको वार्तामा सहमतिको आधार तयार हुँदै गएको भन्दै रुसले आफ्ना सेनालाई पछि हटाएको बताइएको छ । यद्यपि पश्चिमा देशहरुले भने रुस कमजोर भइसकेकाले पछि हट्न बाध्य भएको दाबी गरेका छन् । युक्रेनका इरपिन, बुका, होस्टमेल लगायतका क्षेत्रबाट रुसी सेना फिर्ता हुँदै गएका बीबीसीले जनाएको छ ।

अलजजिराका अनुसार इरपिनका मेयरले भने इरपिनको अवस्था अझै पनि खतरनाक रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?