+
+

ताप्लेजुङमा चट्याङ लागेर भलिबल खेलाडीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २० गते ७:२३

२० चैत, विराटनगर । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बेलुका करिब साढे ८ बजेतिर चट्याङ लाग्दा स्थानीय २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो । उनी पालिकास्तरीय भलिबल खेलाडी पनि हुन् ।

चट्याङ लागेपछि उनलाई तेल्लोक प्राथमिक उपचार केन्द्रमा पुर्याइएको र त्यहाँका स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?