+
+

जीवन र अस्मिताको समूहले जित्यो राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते ११:०२

काठमाडौं । राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता-२०७८ को उपाधि जीवन सिग्देल र अस्मिता डल्लाकोटीको समूहले जितेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानद्वारा आयोजित प्रतियोगितामा ६१ समूहबीच प्रतिस्पर्धा भएको थियो ।

पहिलो भएसँगै सिग्देल र डल्लाकोटी समूहले २ लाख २५ हजार रुपैयाँ र मेडल जिते । गामबेंसी दोहोरी साँझका शान्ता वली र अर्जुन खड्काको समूहले दोस्रो हुँदै डेढ लाख जित्यो ।

विन रोधीघरका हरिमाया रायमाझी, रश्मी बस्नेत, श्याम राना र शर्मिला रायमाझी र लुम्बिनी प्रदेश समूहले समान अंकसहित तेस्रो स्थानमा चित्त बुझाए । तेस्रो हुनेलाई नगद एक लाख प्रदान गरियो ।

उत्कृष्ट गायक गायिका विधामा गण्डकी प्रदेशका सुमन खड्का र राजधानी दोहोरी साँझकी पूजा पुन विजयी भए । उनीहरुलाई सात-सात हजार नगदसहित सम्मानपत्र प्रदान गरियो ।

कान्छी प्रतियोगी गण्डकी प्रदेशकी अर्चना चापागाईंलाई प्रोत्साहनस्वरुप सात हजार नगद प्रदान गरियो । काठमाडौको भृकुटीमण्डपमा चैत १६ गतेदेखि सुरु भएको प्रतियोगिता आइतबार अबेर सकिएको थियो । अन्तिम चरणमा १२ समूहबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा र निवर्तमान अध्यक्ष बद्री पंगेनी निर्णायकको भूमिकामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?