+
+

जोन स्टारर ‘अट्याक’को बक्स अफिसमा कमजोर प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १२:१६

काठमाडौं । जोन अब्राहम बलिउडका लोकप्रिय अभिनेतामध्ये एक हुन् । उनले फिल्म उद्योगमा दुई दशक बिताइसकेका छन् । यस अवधिमा उनले थुप्रै सुपरहिट फिल्ममा अभिनय गरेका छन्, तर पछिल्लो समय उनी अभिनित फिल्मले बक्स अफिसमा उत्साहजनक व्यापार गर्न सकेका छैनन् ।

आजको समयमा फिल्मको सफलताको मानक कमाइलाई बनाइन्छ । त्यसमाथि बलिउडका लागि अहिले दक्षिण भारतीय फिल्म भारी हुन थालेका छन् । दक्षिण भारतीय फिल्मलाई हिन्दी क्षेत्रमा पनि दर्शकको राम्रो साथ मिलिरहेको छ ।

यसैबीच जोनको भर्खरै रिलि भएको फिल्म ‘अट्याक’ले बक्स अफिसमा खासै राम्रो सुरुवात गर्न सकेको छैन । यो फिल्मले दुई दिनमा मात्रै ६ करोडको कमाइ गरेको छ । आगामी हप्ता पनि दक्षिण भारतको अर्को प्रतीक्षित फिल्म ‘केजीएफ च्याप्टर २’ रिलिज हुन गइरहेकाले ‘अट्याक’ले राम्रो व्यापार गर्ने सम्भावना नदेखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जोन सय करोड क्लबबाट केही वर्षदेखि निकै टाढा छन् । सय करोड कमाएको उनको पछिल्लो फिल्म ‘रेस २’ सन् २०१३ मा रिलिज भएको थियो । त्यसपछि बाटला हाउस, सत्यमेव जायते, परमाणु, फोर्स २, मद्रास क्याफे र सुटआउट एट बडाला जस्ता फिल्म रिलिज भएपनि कुनैले पनि सय करोडको कमाइ गरेनन् ।

जोन शाहरुख खानको आगामी फिल्म ‘पठान’बाट पनि दर्शकमाझ आउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?