+
+

पाकिस्तानमा पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १८:४५

२१ चैत, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पूर्वप्रधानन्यायाधीश गुल्जार अहमदलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेका छन् ।

प्रधानमन्त्री खानको सिफारिसमा संसद विघटन गरेका राष्ट्रपति डा. आरिफ अल्भीले केयर टेकर सरकारको नेतृत्व गर्ने व्यक्तिको नाम दिन खान र विपक्षी दलका नेता शेहबाज सरिफलाई पत्र लेखेका थिए ।

राष्ट्रपतिकै पत्रका आधारमा खानले गुल्जार अहमदलाई प्रधानमन्त्री सिफारिस गरेका हुन् ।

संसदमा अविश्वासको प्रस्ताव पारित भएर सरकार छाड्नु पर्ने स्थिति आएपछि इमरानले अविश्वास प्रस्तावलाई खारेज गर्न लगाउँदै संसद विघटन गरेका थिए ।

राष्ट्रपतिले केयर टेकर सरकार नबन्दासम्म इमरानले नै सरकार चलाउने स्पष्ट पारेका छन् ।

पाकिस्तानको संविधानमा संसद विघटन गरेर मध्यावधी चुनावमा जाँदा स्वतन्त्र व्यक्तिको नेतृत्वमा केयर टेकर सरकार बनाउने प्रावधान छ ।

संसद विघटन विरुद्ध अदालतमा सुनुवाइ

अविश्वासको प्रस्ताव खारेज गर्ने संसदको निर्णयविरुद्ध विपक्षीहरुले अदालतमा रिट हालेका छन् र त्यो रिटमाथि सोमबार सुनुवाइ भएको छ ।

अदालतले यसबारेमा मंगलबार आदेश दिने बताएको छ । प्रधानन्यायाधीश उमर अता बन्डियलले यसबारेमा सोमबार नै आदेश दिने बताएका थिए । तर सुनुवाइ नसकिएपछि मंगलबार मत्र आदेश आउने भएको हो ।

पाकिस्तानका विपक्षी दल र कानूनी क्षेत्रका जानकारहरुले अविश्वास प्रस्ताव मतदानमा नलगी प्रस्ताव नै खारेज गर्नु गैरकानूनी भएको बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?