+
+

गुल्मीमा बैंक अफ काठमाण्डूको वित्तीय साक्षरता कार्यक्रम  

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २१ गते १९:४३

काठमाडौं ।  बैंक अफ काठमाण्डू लिमिटेडले गुल्मीका तीन स्थानीय तहमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । हेफर नेपालसँगको सहकार्य एवं स्थानीय तहहरुसँगको समन्वयनमा बैंकले इस्मा, मालिका र  मुसीकोटमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीहरुमा आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो । ग्रामीण भूभागमा बसोबास गर्ने नागरिकहरुलाई बैंकिङ तथा वित्तीय जानकारी दिने उदेश्यले साक्षरता कार्यक्रम सञ्चाालन गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार कार्यक्रममा करिब १५० भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा बैंकका प्रमुख संस्थागत निक्षेपकर्ता दिलीप पोखरेलले सहभागिहरुलाई वित्तीय साक्षरताको आवश्यकता र बैंकिङ कारोबारको महत्वबारे जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?