
२१ चैत, काठमाडौं । थाइल्याण्डको फुकेटमा सञ्चालन भइरहेको थाइल्याण्ड ओपन इन्टरनेशनल बक्सिङ च्याम्पियनसिप २०२२ मा नेपालकी सुष्मा तामाङ प्रतिस्पर्धात्मक खेलमा पराजित भएकी छन् ।
सोमबार भएको महिला ४८ केजी तौल समूहमा इटलीकी रोबेर्टा बेनाट्टीसँग ३–२ को स्पिलिट डिसिजनको आधारमा पराजित भइन् । तीन राउण्डमा पछि परेकी सुष्माले दुई राउण्ड आफ्नो पक्षमा पारेपनि समग्र ३–२ अंकको आधारमा पराजित भइन् ।
त्यस्तै महिला ५७ केजी नेपालकी खेलाडी चन्द्रकला थापा इटलीकै ओलम्पिक कांस्य पदक विजेता इर्मा टेस्टासँग ५–० अंकले पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् ।
अब मंगलबार १३ औं सागको स्वर्ण विजेता मिनु गुरुङ थाइल्यान्डकी खेलाडीविरुद्ध खेल्नेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4