+
+

फुटसल एसियन कप छनोट खेल्न नेपाली टोली कीर्गिस्तान जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १३:४७

२२ चैत, काठमाडौं । एएफसी फुटसल एसियन कप छनोट खेल्न नेपाली राष्ट्रिय फुटसल टिम कीर्गिस्तान प्रस्थान गर्दैछ ।

टोलीलाई आजै बिहान अखिल नेपाल फुटबल संघ ९एन्फा० ले बिदाइ गरेको थियो ।

एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर लगायतले नेपाली टोलीलाई बिदाइ गरेका हुन् ।

किर्गिस्तानमा १८ चैतमा सुरु भएको २ वैशाखसम्म चल्ने प्रतियोगितामा भाग लिग नेपाली टोली कीर्गिस्तान प्रस्थान गर्नेछ ।

छनोटमा नेपाल एसियाली फुटबल महासंघअन्तर्गत मध्य र दक्षिण एसियाली क्षेत्रको समूह बीमा छ । यस समूहमा नेपालले एसियाली पावरहाउस उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तानको सामना गर्दैछ ।

नेपालले चैत २७ गते उज्वेकिस्तान, २८ गते ताजिकिस्तान र २९ गते अफगानिस्तानसँग खेल्दैछ ।

आगामी सेप्टेम्बर(अक्टोबरमा कुवेतमा हुने एसियन कप फुटबलका लागि यस समूहबाट शीर्ष दुई टोली छनोट हुनेछन् ।

नेपाली टोली :

गोलकिपर : अनिश श्रेष्ठ, विश्वास पौडेल
फिक्सो : विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ
एला : आदील हमाद, क्रिजल खड्का, मणि कुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा
पिभोट : हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?