+
+

‘दर्पणछायाँ’को सिक्वेल ‘दर्पणछायाँपछि फेरि’ बन्ने, निर्देशकमा उत्तम प्रधान

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १५:४७
अभिनेता उत्तम प्रधान । फाइल तस्वीर

काठमाडौं । निरुता सिंह, दिलीप रायमाझी र उत्तम प्रधानको मुख्य भूमिका रहने फिल्म ‘दर्पणछायाँपछि फेरि’ निर्माण हुने भएको छ । फिल्मलाई उत्तमले निर्देशन गर्ने भएका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै अभिनेता प्रधानले बन्न लागेको फिल्म तुलसी घिमिरे निर्देशित २०५८ सालकै ‘दर्पणछायाँ’कै सिक्वेल हुने बताए । ‘यो विशुद्ध दर्पणछायाँकै सिक्वेल हुनेछ,’ उत्तमले भने, ‘तुलसी सरसँगकै सहमतिमा फिल्म निर्माणलाई अघि बढाउन लागेका हौं ।’

दर्पणछायाँको कथा अन्त्य भएकै ठाउँबाट नयाँ कथा सुरु हुने जानकारी समेत उत्तमले दिए । ‘यो प्योर सिक्वेल हुनेछ । कथा जहाँ सकिएको हो, त्यहींबाट स्टार्ट हुनेछ,’ फिल्मको तयारीका लागि काठमाडौंमा आइपुगेका उत्तमले भने ।

आगामी दशैंअघि नै फिल्म छायांकनमा जाने बताउँदै उनले आफ्नो कम्पनी अक्र्यूब फिल्म ब्यानरमा निर्माण हुने जनाए । फिल्मको कथा र पटकथा पनि उत्तम आफैंले लेखेका हुन् ।

२ करोड २५ लाख लागतमा निर्माण हुने बताइएको फिल्मको छायांकन नेपाल र सिक्किममा गर्ने तयारी छ । निर्देशक तुलसी घिमिरेले पनि आफ्नै फिल्मलाई उत्तमले निर्देशन गर्ने जानकारी दिए ।

दर्पणछायाँमा दिलीपले राज पात्रको भूमिका निर्वाह गरेका थिए । निरुता स्मृति र उत्तम अभिषेक चरित्रमा प्रस्तुत थिए । तुलसीले निर्देशन गर्ने टेलिसिरियल ‘मुक्ति’मा उत्तम मुख्य कलाकारको रुपमा चयन भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?