
२३ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर फर्किने क्रममा पत्रकार ऋषी धमलाले नेपाल एयरलाइन्सको जहाजमा देखाएको व्यवहारलाई वायुसेवा सञ्चालक संघले ‘अमर्यादित’ भनेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै संघले भीभीआईपी उडानमा मिडियो ग्रुपका केही व्यक्तिबाट असभ्य र उडान सुरक्षामा गम्भीर असर पुग्ने असंवेदनशील व्यवहार देखाएको संघको भनाइ छ ।
संघले धमलाको नाम उल्लेख नगरेपनि उनीप्रति लक्षित गर्दै जहाजको निषेधित क्षेत्रमा क्यामरासहित प्रवेश गरी अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गरेको छ ।
उक्त उडानमा चालक दलले यात्रुलाई अनावश्यक हैरानी हुने कार्य नगर्न गरेको पटक-पटकको अनुरोधलाई समेत बेवास्ता गर्दै भिडियोहरु प्रसारण गरेकातर्फ पनि संघले आपत्ति जनाएको छ ।
उडानका क्रममा हुने यस्ता व्यवहारले भीआईपी सुरक्षा प्रोटोकलको समेत उल्लंघन भएको भन्दै संघले अवान्छित गतिविधि नगर्न भनेको छ ।
हेर्नुहोस् विज्ञप्तिः
प्रतिक्रिया 4