+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

आजदेखि देशभर टाइफाइडविरुद्धको खोप दिइँदै

यसरी बच्न सकिन्छ टाइफाइडबाट

सिर्जना जि.सी सिर्जना जि.सी
२०७८ चैत २५ गते १२:४४

२५ चैत, काठमाडौं । शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले स्वास्थ्य संस्था, विद्यालय तथा नजिकको वडा कार्यालयमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको हो ।

म्यादी ज्वरो अर्थात् टाइफाइड एक संक्रामक रोग हो । टाइफाइडका कारण ज्वरो आउने शरीरको विभिन्न भाग दुख्ने, पसिना आउने, वान्ता हुने, कब्जियत हुने, शरीर कमजोर हुँदै जाने जस्ता समस्या निम्तिन्छ ।

टाइफाइडले विशेषगरी गर्मी महिनामा बढी सताउने गर्छ । दूषित पानी र प्रदूषित खाद्य पदार्थको प्रयोगले यो रोग लाग्ने गर्छ । टाइफाइड जुनसुकै उमेर समूहका मान्छेलाई पनि हुन सक्ने भएपनि १५ वर्ष मुनिका बालबालिकामा यसको संक्रमण दर बढी देखिएको छ । त्यसैले खोप पनि विशेषगरी यही समूहका मान्छेलाई धेरै लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई देशभर एकैसाथ लगाउन लागिएको हो ।

टाइफाइडका लक्षणहरु

पेट तथा टाउको दुख्नु

बढी जाडो हुनु, पसिना आउनु

ज्वरो आउनु, वान्ता हुनु

पसिना आउनु, चिसो महसुस हुनु

पखालाका साथै सुख्खा खोकी लाग्नु

टाइफाइड हुने कारणहरु

फोहोर पानी पिउनु तथा नुहाउनु

दूषित पानी खानु तथा त्यस्तो पानीले खाना पकाउनु

दूषित पानीले खानेकुरा धुनु

टाइफाइड भएका व्यक्तिसँग संगत गर्नु

टाइफाइडबाट हुने जटिलता

सानो आन्द्रामा घाउ हुनु, प्वाल पर्नु

रगत बग्नु

टाइफाइडको संक्रमण फैलिन गई शरीरका अन्य अंगमा संक्रमण हुनु

टाइफाइडबाट बच्ने उपाय

सफा पानी पिउनु अर्थात् उमालेर मात्रै प्रयोग गर्ने

खानाखानु अघि राम्ररी हात धुने

सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमा फाल्ने

राम्ररी पकाएको र छोपेर राखेको खानेकुरा मात्रै खाने

बासी, सडेगलेका र झिंगा भन्केका खानेकुरा नखाने

बेलाबेला साबुन पानीले राम्ररी हातधुने

पौष्टिक र सन्तुलित आहार मात्रै लिने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?