+
+

प्रियंका चोपडा ‘मार्भल’ स्टारसँग नयाँ हलिउड फिल्ममा देखिंदै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १५:२५

काठमाडौं । प्रियंका चोपडा अर्को हलिउड फिल्ममा अनुबन्धित भएकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मार्भल अभिनेता एन्थोनी म्याकीसँग आगामी फिल्म ‘इन्डिङ थिङ्स’मा उनलाई देख्न पाइने भएको हो ।

अमेजन स्टुडियोमा निर्माण सुरु भएको फिल्मले एक सार्पसुटर (बन्दुक हान्ने) महिलाको कथा भन्छ । ती महिलाले मान्छे मार्ने कामका लागि आफ्ना व्यावसायिक साझेदारसँगको सम्बन्ध अन्त्य गर्छिन् । तर उनलाई लाग्छ एक्लै लक्ष्य पूरा हुँदैन, टिमको जरुरत पर्छ ।

फिल्मलाई डेभिस इन्टरटेनमेन्टका जेरेमी स्टेइन, लिट इन्टरटेनमेन्ट र म्याकी प्रोडक्सन हाउसले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् । यसबाहेक एन्थोनी म्याकी ‘क्याप्टेन अमेरिका’को चौथो सिक्वेलमा समेत देखिंदैछन् ।

प्रियंकाले चाहिं यसबाहेक साम हेगनसँग मिलेर फिल्म ‘टेक्स्ट फर यु’ र अर्को फिल्म सिटाडेलमा समेत अभिनय गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?