२७ चैत, काठमाडौं । स्पानिस ला लिगामा शीर्ष स्थानको रियल मड्रिडले गेटाफेलाई २-० ले पराजित गरेको छ । जितपछि रियलले शीर्ष स्थानमा १२ अंकको अग्रता बनाउँदै उपाधि होडलाई बलियो बनाउँदै लगेको छ ।
घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियलका लागि कासेमिरोले ३८औं र लुकास भजक्वेजले ६८औं मिनेटमा गोल गरे ।
जितपछि रियलले ३१ खेलबाट ७२ अंक जोडेको छ । समान खेलबाट सेभिया ६० अङ्कंसहित दोस्रो स्थानमा छ ।
रियल विजयी हुँदा छिमेकी एट्लेटिको मड्रिड भने मायोर्कासँग १-० ले पराजित भयो ।
घरेलु मैदानमा मायोर्कालाई जिताउन भेदात मुरिकीले ६८औ मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।
मायोर्कासँग पराजित हुँदा एट्लेटिकोले दोस्रो स्थानको सेभियासँग अंङ्क बराबरी गर्ने मौका गुमायो ।
३१ खेलबाट ५७ अंक रहेको एट्लेटिको चौथो स्थानमा छ ।
प्रतिक्रिया 4